एजेन्सी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ‘जेनजी आन्दोलन’का क्रममा आगलागी तथा तोडफोड गरिएका पार्टी कार्यालय र नेता–कार्यकर्ताका भवनहरूको पुनर्निर्माण तथा व्यवस्थापन अभियान सुरु गरेको छ।
सोमबार विहानै नेकपा (एमाले) केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको भवन पुनर्निर्माण र सरसफाइका लागि पुगेका एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीसहितको टोलीले एमालेले पुनर्निर्माण अभियान सुरु गरेको जनाएका छन्।
‘उहाँ (लेखराज भट्ट) कुनै विवाद वा मुद्दामा पर्नु भएको थिएन। उहाँको घर पनि प्रतिशोधका रूपमा ध्वस्त पारिएको हो। एउटा घर बस्नै नमिल्ने छ, अर्को बचेको छ। त्यसलाई बस्न लायक बनाइरहेका छौँ,’ उनले भने, ‘सरकारले स्वयंसेवाको रूपमा आह्वान गरेपछि देशव्यापी रूपमा नेता, कार्यकर्ता तथा जनसङ्गठनका सबै खट्न तयार छन्।’
उनले पुनर्निर्माण गरेर मुलुकलाई उठाउन तयार रहेको बताएका थिए।
सोमबार प्रदेश इञ्चार्जको घर पुनर्निर्माण गर्न नेता–कार्यकर्ताहरू त्यहाँ पुगेका थिए। पोलिटब्युरो सदस्य नारदमुनी राना र लिला भण्डारी, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी र सचिव रणबहादुर चन्द, जिल्ला अध्यक्ष यज्ञ ढुंगाना र सचिव ममता प्रसाद चौधरीसहितका नेता–कार्यकर्ताहरू कोही सरसफाइमा त कोही व्यवस्थापनमा जुटेका थिए।
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
