काठमाडौँ, १७ मङ्सिरः बजारमा अण्डाको माग बढेपछि मूल्य बढेको छ। माग बढ्न थालेपछि अण्डाको मूल्य बढ्न थालेको हो। ग्राहकले प्रतिगोटा अण्डा २० रूपैयाँ तिर्नुपर्दछ ।
शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलका अनुसार बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्।
उनका अनुसार यस अघि मध्यम अण्डा प्रतिक्रेट चार सय, ठूलो चार सय २५ र एक्सल चार सय ४० रूपैयाँ थियो।
अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ४०, ठूलो चार सय ५५ र एक्सल अण्डा चार सय ७० रूपैयाँ छ।
यो किसानले पाउने मूल्य हो।
बजारको माग अनुसार अण्डाको मूल्य घटबढ हुन सक्ने अध्यक्ष पोखरेलले बताए । जाडो महिनामा अण्डाको माग बढि हुन्छ ।
You may also like
-
अवार्ड पाएपछि विजय बरालले सम्झिए मण्डलाको पुरानो मञ्चदेखि क्यामराअघि उभिएको ‘छड्के’ सम्मको क्षण
-
सिन्दूर पर्वमा नेपालको जीवन्तता
-
गुल्मीका घरहरूको लागि अब चाँडै पानी खरिद गर्नु नपर्ने
-
पार्टीको दोषभन्दा पनि संविधानकै कारणले एकल बहुमत ल्याउन गाह्रो छ: देउवा (भिडिओ)
-
धनगढी फोहोर व्यवस्थापन प्लान्टको लक्ष्य आयु तीस वर्ष हो