चराहरूको संसारमा छिर्दै गरेको समुद्र

मध्य वसन्तको एक बिहान । क्ले मार्शेसको फलेक बिछ्याइएको पदमार्गमा म बिस्तारै टहलिँदै थिएँ । यताउता हल्लिरहेका नर्कट घारी हजारौं आँखाबाट ओझेलमा रहेका चराहरूको मधुर चिरबिरले जीवन्त बनेको थियो । निलो हुँदै गएको आकाशमा सूर्य निकै तल देखिन्थ्यो । म सुस्तरी अगाडि बढ्दै गएँ । नर्कटमाथि उदाएको सूर्यले सम्पूर्ण भू–दृश्यलाई सुनौलो रङमा पोतिदियो । त्यो क्षण मलाई लाग्यो- मेरो वरिपरि एउटा नयाँ संसार बिस्तारै ब्युँझिँदै छ। नर्कटका घारीसँग म अझै परिचित भइकेको छैन । त्यसैले चिरबिर आवाज सुने पनि देख्न नसकेका चरा खोज्दै रोकिएँ । अनि देखे पनि चिन्न नसकेका चराहरूको पहिचान गर्ने प्रयास गरेँ । रिड वाब्लर, बन्टिङ, बियर्डेड टिट र एउटा एक्लो ग्रासहपर वाब्लरको आवाजले भने मलाई केहीबेर त्यहीँ रोक्न बाध्य बनायो । तिनलाई मैले अझै देख्न पाइसकेको थिइनँ ।  नजिकैका रूखहरूबाट सेट्टिज वाब्लरको स्वर सुनियो । आकाशमा कर्ल्यु, ल्यापविङ, हेरोन, हाँस र जंगली हाँस कावा खाइरहेका थिए । कतै नजिकै बिटर्न पो लुकेर बसेको छ कि ? के त्यसले आफ्नो प्रसिद्ध ‘बूम’ आवाज निकालेर आफू कहाँ छ भन्ने संकेत गर्ला ? नर्कटको बाक्लो पर्दा र विशाल खुला आकाशबाहेक परसम्म अरू धेरै देख्न सकिँदैनथ्यो । त्यो अनुभव साँच्चै जादुमय थियो, मनमा जीवनप्रतिको नयाँ उत्साह जगाउने खालको । उत्तर नर्फोकको समुद्री तटमा फैलिएको क्ले र साल्थहाउस मार्शेस करिब ३ सय हेक्टर क्षेत्रफलको सिमसार क्षेत्र हो।

यसलाई नर्फोक वाइल्डलाइफ ट्रस्टले नर्कटका घारी, साना पोखरी तथा ‘स्क्रेप’ मा आश्रित चराहरूको बसोबास, आहार र प्रजननका लागि विशेष रूपमा व्यवस्थापन गर्दै आएको छ । असंख्य चराचुरुंगी, सरिसृप, उभयचर, किराफट्याङ्ग्रा तथा साना स्तनधारी जनावरसमेत यही नर्कटका बाक्ला घारीभित्र विचरण गर्छन् । तिनैमध्ये एउटा हो युरोपेली स्पुनबिल । बेलायतबाट करिब ४ सय वर्षसम्म लोप भएको यो चराले सन् २०१० मा नजिकैको क्षेत्रमा प्रजनन सुरु गर्दै आफ्नो ऐतिहासिक पुनरागमन गरेको छ । यी चराले अझै सिमसार आरक्षभित्र भने प्रजनन गरेका छैनन् । तर सन् २०२२ मा आरक्षसँगै जोडिएको क्षेत्रमा प्रजनन गरे । त्यसपछि सिमसारभरि बनाइएका विभिन्न ‘बर्ड हाइड’ (चराहरू अवलोकन गर्ने आश्रयस्थल) बाट पहिलो पटक स्पुनबिलका बचेरा देखिएका थिए।नजिकैका रूखहरूबाट सेट्टिज वाब्लरको स्वर सुनियो । आकाशमा कर्ल्यु, ल्यापविङ, हेरोन, हाँस र जंगली हाँस कावा खाइरहेका थिए । कतै नजिकै बिटर्न पो लुकेर बसेको छ कि ? के त्यसले आफ्नो प्रसिद्ध ‘बूम’ आवाज निकालेर आफू कहाँ छ भन्ने संकेत गर्ला ? नर्कटको बाक्लो पर्दा र विशाल खुला आकाशबाहेक परसम्म अरू धेरै देख्न सकिँदैनथ्यो । त्यो अनुभव साँच्चै जादुमय थियो, मनमा जीवनप्रतिको नयाँ उत्साह जगाउने खालको ।उत्तर नर्फोकको समुद्री तटमा फैलिएको क्ले र साल्थहाउस मार्शेस करिब ३ सय हेक्टर क्षेत्रफलको सिमसार क्षेत्र हो । यसलाई नर्फोक वाइल्डलाइफ ट्रस्टले नर्कटका घारी, साना पोखरी तथा ‘स्क्रेप’ मा आश्रित चराहरूको बसोबास, आहार र प्रजननका लागि विशेष रूपमा व्यवस्थापन गर्दै आएको छ ।असंख्य चराचुरुंगी, सरिसृप, उभयचर, किराफट्याङ्ग्रा तथा साना स्तनधारी जनावरसमेत यही नर्कटका बाक्ला घारीभित्र विचरण गर्छन् । तिनैमध्ये एउटा हो युरोपेली स्पुनबिल । बेलायतबाट करिब ४ सय वर्षसम्म लोप भएको यो चराले सन् २०१० मा नजिकैको क्षेत्रमा प्रजनन सुरु गर्दै आफ्नो ऐतिहासिक पुनरागमन गरेको छ ।

यी चराले अझै सिमसार आरक्षभित्र भने प्रजनन गरेका छैनन् । तर सन् २०२२ मा आरक्षसँगै जोडिएको क्षेत्रमा प्रजनन गरे । त्यसपछि सिमसारभरि बनाइएका विभिन्न ‘बर्ड हाइड’ (चराहरू अवलोकन गर्ने आश्रयस्थल) बाट पहिलो पटक स्पुनबिलका बचेरा देखिएका थिए।चराहरूको कल्याङमल्याङ हटेको थिएन । तर अधिकांश: आँखाबाट ओझेलमा परिसकेका थिए । यो अद्भुत संसारमा हिँडिरहँदा सोचेँ- समुद्री सतह बढ्दै जाँदा यहाँ बस्ने जीवजन्तुमाथि कस्तो प्रभाव पर्ला ? समथर र न्यून उचाइको भूभाग भएकाले जलवायु परिवर्तनको संकटममा छ, उत्तरी नर्फोक । त्यसकारण पनि यो क्षेत्र संवेदनशील छ । यहाँबाट करिब ५० किलोमिटर दूरीमा रहेको सानो गाउँ हुँदै छ । तटीय कटानले यस क्षेत्रका धेरै भूभाग जोखिममा परेका छन् ।मार्सेशमा पहिलेको तुलनामा बढी शक्तिशाली आँधी आउने गर्छ । त्यसकारण पनि सिमसार क्षेत्रमा बाढीको जोखिम बढेको छ । समुद्रको नुनिलो पानी छालसँगै भित्र पस्ने पस्दा कटानको खतरा बढी हुन्छ । अर्को समस्या भनेको आँधीका बेला समुद्री छालले ठूलो परिमाणमा ल्याउने कंकड–ढुङ्गा (शिङ्गल) हो । जसले सिमसार क्षेत्र ढाक्ने र यसको प्राकृतिक स्वरूप परिवर्तन गर्ने गर्छ । यति हुँदाहुँदै पनि यहाँको मौलिक बासस्थान जोगाउन विभिन्न उपाय अपनाइएका छन् । ‘न्यु कट’ नामक नयाँ नहर खनेर नुनिलो पानी बाहिर निकाल्ने व्यवस्था मिलाइएको छ । ताजा पानीका नहरहरूको स्वरूप परिवर्तन गरी बिटर्न चराका लागि उपयुक्त सिकार क्षेत्र बनाइएको छ । आँधीका कारण नष्ट भएको एउटा ‘बर्ड हाइड’को स्थानमा अहिले पाङ्ग्रायुक्त चलायमान हाइड राखिएको छ । यसलाई खराब मौसमको पूर्वानुमान हुँदा सुरक्षित स्थानमा तानेर लैजान सकिन्छ ।मध्य वसन्तको एक बिहान । क्ले मार्शेसको फलेक बिछ्याइएको पदमार्गमा म बिस्तारै टहलिँदै थिएँ । यताउता हल्लिरहेका नर्कट घारी हजारौं आँखाबाट ओझेलमा रहेका चराहरूको मधुर चिरबिरले जीवन्त बनेको थियो । निलो हुँदै गएको आकाशमा सूर्य निकै तल देखिन्थ्यो । म सुस्तरी अगाडि बढ्दै गएँ । नर्कटमाथि उदाएको सूर्यले सम्पूर्ण भू–दृश्यलाई सुनौलो रङमा पोतिदियो । त्यो क्षण मलाई लाग्यो- मेरो वरिपरि एउटा नयाँ संसार बिस्तारै ब्युँझिँदै छ ।

(क्ले मार्शेस इंग्ल्यान्डको उत्तर नर्फोक तटमा अवस्थित एक प्रसिद्ध तटीय प्रकृति आरक्ष हो । सन् १९२६ मा स्थापना भएको यो बेलायतकै सबैभन्दा पुरानो वाइल्डलाइफ ट्रस्टद्वारा सञ्चालित प्रकृति आरक्ष मानिन्छ । यहाँ नर्कटका घारी,सिमसार पोखरी र ओसिला घाँसे मैदानजस्ता महत्त्वपूर्ण सिमसार बासस्थानको संरक्षण गरिएको छ । यो प्रजनन गर्ने र बसाइँ सर्ने चराका लागि विश्वप्रसिद्ध सुरक्षित आश्रयस्थल पनि हो ।)

नर्कटका घारीसँग म अझै परिचित भइकेको छैन । त्यसैले चिरबिर आवाज सुने पनि देख्न नसकेका चरा खोज्दै रोकिएँ । अनि देखे पनि चिन्न नसकेका चराहरूको पहिचान गर्ने प्रयास गरेँ । रिड वाब्लर, बन्टिङ, बियर्डेड टिट र एउटा एक्लो ग्रासहपर वाब्लरको आवाजले भने मलाई केहीबेर त्यहीँ रोक्न बाध्य बनायो । तिनलाई मैले अझै देख्न पाइसकेको थिइनँ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *