काठमाडौँ विश्वविद्यालयले यही अगस्ट २३ देखि २९ सम्म आयोजना गर्न लागिएको ‘इन्टरनेशनल एशोसिएसन फर तिब्बतन स्टडिज’ को १७ औँ अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गरिएको घोषणा गरेको छ। सम्मेलनका संयोजक तथा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सागरराज शर्माका अनुसार नेपाल सरकारले यो सम्मेलन सञ्चालन नगर्न निर्देशन दिएकाले कार्यक्रम रद्द गरिएको हो। ४ वर्षको तयारीपछि आयोजना हुन लागेको उक्त शैक्षिक सम्मेलनमा ४० भन्दा बढी देशका अनुसन्धानकर्ता तथा विद्वान्हरू सहभागी हुने तय भएको थियो।
अर्कोतर्फ, नेपाल सरकारले भने सम्मेलन रद्द गर्न कुनै आदेश नदिइएको स्पष्ट पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले सरकारका तर्फबाट मौखिक वा लिखित रूपमा सम्मेलन रोक्न कुनै निर्देशन नगएको र आयोजकहरूले स्वयं कार्यक्रम स्थगित गरेको बताएका छन्। तिब्बतसँग जोडिएका भू-राजनीतिक संवेदनशीलता र छिमेकी मुलुक चीनको चासोका कारण अन्तिम समयमा आएर कार्यक्रम रोक्नुपरेको अनुमान गरिएको छ।
You may also like
-
सरकारलाई रास्वपा सांसदको प्रश्न- ‘खाली सिलिन्डर बोकेर कहिलेसम्म लाइनमा बस्नुपर्ने हो ?’
-
राजदूतसँग प्रधानमन्त्रीको पहिलोपटक एक्लाएक्लै भेट, भारतीय राजदूतसँग के कुरा भयो ?
-
निउरो टिप्दै, तरकारी फलाउँदै : कक्षाकोठाबाहिर पनि व्यावहारिक शिक्षा
-
लगातारको सुक्खा पहिरोले तातोपानी भन्सार असुरक्षित
-
यो आम रूपमा मुख थुन्ने प्रयास जस्तै देखिन्छ’ नेपालको स्वतन्त्र प्रेसमाथि बालेन्द्र शाहको प्रहार
