हेटौंडादेखि संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली मार्गमा अहिलेदेखि पुस २६ गतेसम्म सबै सवारी आवागमन बन्द गरिएको छ । कालोपत्रका कारण सडकमा सवारीसाधन आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
त्यस्तै कुलेखानी–फाखेल–मातातीर्थ सडक मर्मतका लागि आवागमन बन्द गरिएको छ । हेटौंडा र काठमाडौं जोड्ने त्रिभुवन राजमार्ग, नारायणगढ मुग्लिन सडक र कान्तिलोकपथ सडकमा अहिले सवारीसाधन गुड्ने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
You may also like
-
राष्ट्रिय सभाको बैठक सुरु हुन्छ
-
नेपथ्यलाई न्यूजील्यान्डमा माओरी समुदायले स्वागत गर्यो, भडकिएको अकल्यान्ड दर्शकसमक्ष प्रदर्शन गरे
-
थाईल्याण्डस्थित दूतावासले क्याम्बोडियामा अवैध रूपमा बसेका नेपालीहरूलाई फर्किन आग्रह गरेको छ
-
वर्षा जोखिमको कारण बीपी राजमार्गमा सवारी यातायात फेरि बन्द
-
नेपाल न्यूजका गोपाल दाहाललाई पत्रकारितामा १,००,००० रुपैयाँ पुरस्कारबाट सम्मानित गरिएको
