असल अभिभावकत्वको अभावमा पिल्सिएका सचिनहरू


एजेन्सी: धेरैले आमिर खान स्टारर भारतीय फिल्म ‘तारे जमिन पर’ हेरेको हुनुपर्छ । यो फिल्म डिस्लेक्सिया नामक बिरामीले ग्रस्त आठ वर्षीय बालक इशानको कथा हो ।

यो बिरामीले इशानलाई पढ्न वा लेख्नमा समस्या पैदा गर्छ । यही बिरामीका कारण ऊ अत्यन्तै कमजोर विद्यार्थीमा दरिन्छ । प्रतिभावान हुँदाहुँदै ‘कमजोर छु’ भन्ने मनोविज्ञानले उसलाई यति धेरै ग्रस्त बनाउँछ कि ऊ डर, अत्यास र डिप्रेसनको शिकार बन्छ ।

जब रामशंकर निकुम्भ नामक अस्थायी टिचर उसको संगतमा आइपुग्छ, तब ऊ एकाएक बदलिन्छ । डिस्लेक्सियाबाट मुक्त हुँदै उसले आफूमा भएको क्षमताको सुवास विद्यालयमा फैलाउँछ । आफ्नो जिन्दगीमा फैलाउँछ । सारा मानिसहरूको बीचमा फैलाउँछ

आमिर खान निर्देशित यस फिल्ममा एउटा संवाद छ, ‘आफ्नो महत्वकांक्षा अवोध बच्चाको नाजुक काँधमा भिराइदिनु भनेको बालश्रमभन्दा खतरनाक अपराध हो ।’

भाइरल मनोविज्ञानले ग्रस्त पिता तेजेन्द्र परियार ‘कलौटे’को महत्वकांक्षाभित्र च्यापिएका बालक सचिन परियारको आज संसारबाट बिलाए । महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको छ ।

चलचित्रका काल्पनिक पात्र इशानसँग एक वास्तविक प्रतिभाको तुलना त्यति तर्कसंगत नहुन सक्छ । तर, फिल्मका पात्रहरूले पनि कहिलेकाहीँ जनजीवनमा ठूलो प्रभाव छोडेका हुन्छन् । त्यसैले इशानको सन्दर्भ यहाँ निकालिएको हो ।

सचिन र इशानमा केही कुरा फरक छ । इशान डिस्लेक्सियाका कारण इन्ट्रोभर्ट थिए । सचीन एस्ट्रोभर्ट थिए । सचीनलाई मानिसहरूसँग बोल्न, कुरा गर्न धक मान्नुपर्ने अवस्था थिएन । मानिसहरूका अगाडि गीत गाउनु, मन छुने शैलीमा संवादहरू बोल्नुमा अप्ठ्यारो थिएन । तर, सचीन र इशानबीचकोे मुख्य समानता के हो भने दुवै फरक क्षमताका धनी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *