स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र- कुलङ्‍घारले अस्पतालको जग्गा दिइ पठाएछ, प्लीज फिर्ता गरिदिनु

एजेन्सी: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगर अस्पतालको जग्गा फिर्ताका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन् । उनले पत्रमा प्रयोग गरेको भाषा शैली भने मर्यादित छैन ।

अनौपचारिक शैलीमा साम्पाङले लेखेका छन्, ‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । Please फिर्ता गरिदिनु होला । धन्यवाद ।’

पत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालयलाई पनि पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *