भारतको प्रमुख पारम्परिक खाजा पसल ब्राण्ड बिकाजी फूड्स इण्टरनेशनल लिमिटेडले नेपालका प्रतिष्ठित व्यावसायिक समूह चौधरी ग्रुप (सीजी) सित रणनीतिक संयुक्त साझेदारीको घोषणा गरेको छ। यस साझेदारीको उद्देश्य नेपाली उपभोक्तासम्म भुजिया, नमकिन, पापड़, मिठाई तथा अन्य भारतीय खाजाहरू पुर्यादउनु हो। बिकाजीको बोर्डले हालै स्वीकृत गरेको यस संयुक्त लगानी सम्झौताले कम्पनीलाई विश्वव्यापी स्तरमा लैजाने यात्रामा नयाँ अध्याय आरम्भ गरेको छ। यस सम्झौताअन्तर्गत बिकाजी र सीजी फूड्स दुवैको नयाँ कम्पनीमा समान 50 : 50 स्वामीत्व रहनेछ अनि नेपालमै आधुनिक खाजा उत्पादन उद्योग स्थापना गर्न चरणबद्ध रूपमा लगानी गरिनेछ। यस सहकार्यबाट नेपालमा उत्पादन क्षमता बढ्ने, उत्पादन वितरणको समय घट्ने अनि उपभोक्तालाई ताजा, सफा र उच्च गुणस्तरका खाजाहरू उपलब्ध हुने अपेक्षा गरिएको छ। यस उद्योगले उपभोक्तालाई गुणस्तरीय सेवा दिँदै स्थानीय रोजगार सिर्जना गर्ने र नेपालका आपूर्ति प्रणालीहरूलाई सुदृढ़ बनाउनेछ। विकासबारे बोल्दै बिकाजी फूड्सका म्यानेजिङ डाइरेक्टर दीपक अग्रवालले भने, यो संयुक्त लगानी हाम्रो अन्तर्राष्ट्रिय विस्तारको दिशामा एक ठूलो पाइला हो। हामी विश्वास गर्दछौँ कि नेपालमा अपार सम्भावना छ। चौधरी समूहले नेपाली बजार राम्ररी बुझेको छ अनि हामी सस्तो, गुणस्तरीय खाजाहरू स्थानीय स्वादअनुसार उपभोक्तासम्म पुर्याहउन सक्षम हुनेछौँ। तर यो केवल व्यापार मात्र होइन हामी समुदायलाई सशक्त बनाउन, आपूर्ति प्रणाली दह्रो पार्न अनि सम्पूर्ण खाद्य क्षेत्रमा योगदान पुर्यााउन चाहन्छौँ।
सीजी फूड्स नेपालका डाइरेक्टर वरुण चौधरीले भने, बिकाजीसित यो सहकार्य हाम्रो दीर्घकालीन विकास र नेपालमा प्रभावकारी काम गर्ने सोचसित मेल खान्छ। यो केवल राम्रो खाजा बनाउने विषय होइन बरु रोजगार सिर्जना, आपूर्ति प्रणाली सुधार र नेपाली स्वादअनुसार नवप्रवर्तन ल्याउने अवसर हो। हामी भारतीय खाजाहरूलाई नेपाली जनजीवनको सामान्य र रमाइलो भाग बनाउन चाहन्छौँ। यो घोषणा यस्तो समय आएको छ जब नेपालमा फाष्ट मोभिङ कञ्ज्युमर गूड्स (एफएमसीजी) क्षेत्र तीव्र गतिमा बढ़िरहेको छ। लगानी बोर्ड नेपालअनुसार यो क्षेत्र बर्सेनि लगभग 20% ले वृद्धि हुँदैछ जसको मुख्य कारण बढ्दो मध्यम वर्ग, खाद्य बानीमा आएको परिवर्तन अनि अनलाइन तथा अफलाइन खुद्रा पसलमार्फत ब्राण्डेड वस्तुको सजिलो पहुँच हो। लगभग 3 करोड़ जनसङ्ख्या भएको नेपालमा खाद्य तथा खाजा बजारको मूल्य एक अरब अमेरिकी डलर नाघिसकेको छ अनि आगामी वर्षहरूमा अझै तीव्र रूपमा बढ्ने अनुमान छ।
भारतमा विश्वासिलो ब्राण्डको रूपमा स्थापित भइसकेको बिकाजी अहिले अन्य देशहरूमा पनि विस्तार गर्दैछ। नेपालमा गरिएको यो लगानी कम्पनीको दीर्घकालीन, समुदाय-केन्द्रित र दिगो विकासको दृष्टिकोणको हिस्सा हो। कम्पनी केवल उत्पाद बेच्न होइन, स्थानीय साझेदारहरूसित बलियो सम्बन्ध बनाउने, आपूर्ति पूर्वाधार सुधार गर्ने, र खाद्य सुरक्षामा उच्च प्राथमिकता दिने लक्ष्यमा छ। नेपालको व्यावसायिक इतिहासमा बलियो उपस्थिति रहेको चौधरी समूह यस अभियानका लागि उपयुक्त साझेदार मानिएको छ। खाद्य उत्पादन, खुद्रा बिक्री र ढुवानीमा अनुभव भएकाले सीजीसित बजारको गहिरो समझ मात्र होइन सफलताका लागि आवश्यक सञ्चालन क्षमता पनि छ।