बाढी–पहिरोले विभिन्न् विद्युत आयोजनामा क्षति

अविरल वर्षा, हावाहुरी र बाढीपहिरोले देशैभरकान विभिन्न विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ।
विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ । बाढीका कारण दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादनसमेत बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार २२०, १३२, ३३ र ११ केभी क्षमताका प्रसारण तथा वितरण संरचनाहरूमा क्षति पुगेको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, सोही करिडोरको कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा फल्ट आउँदा करिडोरमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ।
यस्तै, १४० मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ४४ मेगावाटको सुपर मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको माथिल्लो मादी, २५ मेगावाटको अपर दोर्दी, २० मेगावाटको नामार्जुन मादी र मोदीलगायतका जलविद्युत् आयोजनाहरूको उत्पादन ठप्प भएको छ।
मनाङमा पहिरो जाँदा ३३ केभी विद्युत् लाइन अवरुद्ध भएको र प्राविधिकलाई फिल्डमा खटाइएको छ ।
साउन २७ गतेदेखि पहिरोका कारण १४.८ मेगावाटको घरखोला जलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन बन्द छ।
त्यसैगरी, १३.६ मेगावाटको थापा खोला, ६.६ मेगावाटको रेले खोला, ५ मेगावाटको घलेम्दी हाइड्रोपावरबाट उत्पादन बिजुली बन्द भएको छ ।
यस्तै, ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ३५.५ मेगावाटको राहुघाट मंगले, २२.५ मेगावाटको माथिल्लो ठूलोखोला, २१.३ मेगावाट ठूलोखोलाबाट बिजुली उत्पादन बन्द भएको छ।
केही दिनअघि मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाबाट पनि बिजुली उत्पादन बन्द भएको छ।
प्राधिकरणका अनुसार ३८ मेगावाटको निलगिरी(१ र ७१ मेगावाटको निलगिरी २ को उत्पादन बन्द भएको छ।
भारी वर्षा र सडक अवरुद्ध भएका कारण कतिपय दुर्गम स्थानमा प्राविधिक टोली पुग्न कठिनाइ भएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *