कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर–दक्षिण जोड्ने कोरलाको जोमसोम–कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिब ७ करोड लागतमा जोमसोम–कागबेनी ९ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम–कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम–कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति थालिएको हो । उक्त सडकको केही स्थानमा गतवर्षको साउन महिनामा सडक भाँसिएको, कतिपय स्थानमा सडक संरक्षणका लागि ड्रेन र सडक बाललगायत पूर्वाधार तयार नहुँदा संरचनामा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ ।
कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका र मुक्तिनाथ जोड्ने जोमसोम–कागबेनी सडक स्तरोन्नतिका लागि करिब सात करोड लागतमा ठेक्का भई सडक स्तरोन्नति सुरु भएको जानकारी दिए । कोरला जोड्ने सडकलाई दीर्घकालीन बनाउन जोमसोम–कागबेनी कालोपत्र सडकको संरक्षण तथा स्तरोन्नतिका लागि ठेक्का सम्झौता भई काम अघि बढिसकेको उनले बताए । जोमसोम(कागबेनीअन्तर्गत नौ किलोमिटर दूरीमा एक हजार ८०० घनमिटर ग्याविन वाल, तीन हजार ५०० घनमिटर मेसिनरी वाल, २०० घनमिटर प्लम्प कङ्क्रिट, ९०० घनमिटर आरसिसी ढलानलगायत कार्य गरिने आयोजना कार्यालयले जनाएको छ ।
You may also like
-
पेट्रोलियम उत्पादनको निष्कर्षण बढाउनुस्: राष्ट्रिय कांग्रेस प्रमुख ह्वीप थापा
-
राष्ट्रिय सभाको बैठक सुरु हुन्छ
-
नेपथ्यलाई न्यूजील्यान्डमा माओरी समुदायले स्वागत गर्यो, भडकिएको अकल्यान्ड दर्शकसमक्ष प्रदर्शन गरे
-
थाईल्याण्डस्थित दूतावासले क्याम्बोडियामा अवैध रूपमा बसेका नेपालीहरूलाई फर्किन आग्रह गरेको छ
-
वर्षा जोखिमको कारण बीपी राजमार्गमा सवारी यातायात फेरि बन्द
