काठमाडौँ, १७ मङ्सिरः बजारमा अण्डाको माग बढेपछि मूल्य बढेको छ। माग बढ्न थालेपछि अण्डाको मूल्य बढ्न थालेको हो। ग्राहकले प्रतिगोटा अण्डा २० रूपैयाँ तिर्नुपर्दछ ।
शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलका अनुसार बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्।
उनका अनुसार यस अघि मध्यम अण्डा प्रतिक्रेट चार सय, ठूलो चार सय २५ र एक्सल चार सय ४० रूपैयाँ थियो।
अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ४०, ठूलो चार सय ५५ र एक्सल अण्डा चार सय ७० रूपैयाँ छ।
यो किसानले पाउने मूल्य हो।
बजारको माग अनुसार अण्डाको मूल्य घटबढ हुन सक्ने अध्यक्ष पोखरेलले बताए । जाडो महिनामा अण्डाको माग बढि हुन्छ ।
You may also like
-
कृष्णभीर पहिरोले काठमाडौंमा ग्यास आपूर्ति प्रभावित, व्यावसायिक प्रयोजनकर्ताले आफैं सिलिन्डर लगेर भर्नुपर्ने
-
चराहरूको संसारमा छिर्दै गरेको समुद्र
-
कूटनीतिक पहलमार्फत सुस्ता विवाद समाधान गर्न सरकारसँग माग
-
केञ्जोले बोलाउँदै छ तिम्बुङ
-
सरकारका निर्णयले लाभ होइन हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुन्छन् : सभापति लामिछाने
