एजेन्सी: विश्वकप लिग २ अन्तरगत नेपाल र स्कटल्यान्डबीच हिजो भएको खेल निकै रोमाञ्चक बन्यो । हारको संघारमा पुगेको नेपाललाई करण केसीले एक विकेटको अविस्मरणीय जित दिलाए ।
१९२ रनमा ७ विकेट गुमाएको अवस्थाबाट उक्सिएर नेपालले २९६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको थियो । करणले ६५ रनको विष्फोटक पारी खेले । गुल्शन र सन्दीप लामिछानेसँग उनको महत्वपूर्ण दुई साझेदारी भएको थियो । अन्तिम ओभरसम्म आइपुग्दा नेपाललाई सात रन चाहिएको थियो र दर्शकले जितको आभास गरिसकेका थिए । यद्यपि, अन्तिम ओभर नाटकीय बन्यो ।
ओभरको पहिलो बलमै सन्दीप आउट भए । एक रन लिएर करणलाई स्ट्राइकमा तान्न खोज्दा उनी प्वाइन्ट फिल्डरबाट क्याच भए, जसले नेपाललाई झट्का लाग्यो । खेलमा अर्को ट्विस्ट आयो । अन्तिम विकेटका लागि आए रिजन ढकाल, जो ‘टेल इन्डर’ मात्र हुन् ।
स्कटल्यान्डका स्पिनर मार्क वाटले पहिलो बल वाइड फ्याँके । दोस्रो बल रिजन ढकालले रन लिन सकेनन् । तेस्रो बलमा उनी एक रनका लागि दौडिन सफल भए । अब अन्तिम तीन बलमा ५ रन जोड्नुपर्ने चुनौती करण सामु आयो । अर्थात्, नेपाललाई उनको एउटा ठूलो सट चाहियो । करणले योभन्दा अगाडि ३ वटा छक्का प्रहार गरिसकेका थिए । अन्तिम ओभरको चौथो बलमा उनले स्ट्रेट सिक्स हान्ने प्रयास गरे । तर सफल भएनन् । बाउन्ड्री नजिक बल खस्यो र उनले दुई रन लिन भ्याए । अर्को बललाई स्वीप गर्दै करणले फेरि दुई रन निकाले र स्कोर भयो टाइ ।