एजेन्सी: नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै छ । जसलाई ‘फूलहरूको पर्व’ पनि भनेर चिनिन्छ । तिहार नजिकिएसँगै काठमाडौं उपत्यकामा फूलको रौनक शुरु छ ।
यस वर्षको तिहारलाई लक्षित गर्दै काठमाडौं र ललितपुरमा एकैपटक दुई वटा पुष्प मेला आयोजना गरिँदै छ । नेपाल फ्लोरिकल्चर एशोसिएसन (फ्यान) र नर्सरी व्यवसायी संघले एक दिनको फरकमा पुष्प मेला आयोजना गरेका हुन् ।
फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठका अनुसार ललितपुरको जावलाखेलमा यही असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुनेछ । पुष्प उत्पादक कृषकहरूको आफ्ना उत्पादनको बजार क्षेत्र सीमित रहेकाले यस्ता प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ताहरू बढ्ने उनले बताए ।
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
