गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।
मृत्यु हुनेको पहिचान नखुलिसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । सोमबार गल्याङ बजारबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग१ज ६५३४ नम्बरको बलेरो जीप सडकको उकालो घुम्तीमा नियन्त्रण गुमाएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएकामध्ये चालकसहित १० जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । प्रहरी घटनास्थलमा पुग्नुअघि नै केही घाइतेलाई स्थानीयको सहयोगमा अस्पताल पठाइसकिएको थियो । जसका कारण जीपमा कति जना सवार थिए यकिन भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका तथा घाइतेहरूको विस्तृत विवरणसमेत खुल्न बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता रमेशदत्त अवस्थीले बताए ।
घटनालगत्तै प्रहरी चौकी गल्याङबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा पुगेको थियो । थप अनुसन्धान तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमाण्डमा १५ जनाको प्रहरी टोलीसमेत घटनास्थलमा खटिएको छ ।
प्रहरीले विभिन्न अस्पतालमा पुगेर घाइतेहरूको विवरण संकलन गर्ने तथा दुर्घटनाबारे थप अनुसन्धान गर्ने काम गरिरहेको जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका तथा घाइतेहरूको पहिचान र विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने बताइएको छ ।
You may also like
-
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
-
परराष्ट्रमन्त्री खनाल भदौ १४ गते सर्बिया जाने
-
नेपाल र भुटानपछि अब मौरिससलाई पनि भारतले इन्धन आपूर्ति गर्ने इन्डियन आयल र मौरिससबीच ५ वर्षे सम्झौता
-
अस्पतालका स्वास्थ्यकर्मीलाई सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न प्रशिक्षण
-
चौथो अन्तर्राष्ट्रिय मुख स्वास्थ्य सम्मेलन सुरु
