बेलिब्रिज पठाइदिन भारत र चीनसँग आग्रह

काठमाडौँ नेपालले भारत र चीनलाई बेलिब्रिज पठाइदिन आग्रह गरेको गरेको छ।
परराष्ट्र मन्त्रालयले बेलिब्रिज माग गर्दै भारत र चीन सरकारलाई पत्र पठाएको परराष्ट्र मन्त्री शिशिर खनालका सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिए।
बुधबार रसुवाबाट आएको बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। जसकारण धादिङ जाने मुख्य सडक समेत अवरूद्ध भएको छ।
चीनसँग जोडिने रसुवागढी नाकाको पुल पनि बगाएको छ ।नुवाकोटको त्रिशुलीमा रहेको पुल लगायत अन्यत्र पनि धेरै ठाउँमा क्षति पुगेको छ।
परराष्ट्र मन्त्रालयले अन्य राष्ट्रसँग सहयोग माग गर्नका लागि पूर्वाधार विकास मन्त्रालय, राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण व्यवस्थापन विभाग र सुरक्षा निकायहरूसँग छलफल गरेको थियो। उक्त छलफल पछि तत्काल सडक सञ्जाल जोड्नका लागि बेलिब्रिजको आवश्यकता भएको कुरा आएपछि परराष्ट्रले पत्राचार गरेको हो।
सल्लाहकार पाण्डेका अनुसार सहयोगका लागि चासो व्यक्त गरेका अन्य राष्ट्रलाई पनि आफूहरूले आवश्यकता अनुसार माग गर्ने जबाफ पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *