काठमाडोँ प्रधानमन्त्री बालेन शाह र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफबीच कुराकानी भएको छ।
पाकिस्तानी प्रधानमन्त्री शरिफले प्रधानमन्त्री शाहसँग कुराकानी गरी रसुवाको घटना प्रति दुःख व्यक्त गरेका छन्।
शरिफले सामाजिक सञ्जाल एक्समार्फत लेख्दै यस दुखद् घडीमा पाकिस्तान नेपाल सरकारको साथमा रहेको बताएको छ।
‘आज दिउँसो नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गर्दै हालै आएको आकस्मिक बाढी र पहिरोका कारण भएको अमूल्य मानवीय क्षति तथा व्यापक विनाशप्रति हार्दिक समवेदना व्यक्त गरेँ,’ उनले भने।
साथै पूर्ण साथ रहेको बताउँदै पाकिस्तानले पनि आपतकालीन राहत सामग्री पठाउने जानकारी दिए।
‘यस दुःखद् घडीमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा पूर्ण रूपमा उभिएको छ। मैले प्रधानमन्त्री शाहलाई पाकिस्तानको पूर्ण सहयोग रहने विश्वास दिलाउँदै जारी उद्धार तथा राहत प्रयासमा योगदान पुर्याउन पाकिस्तानले आपत्कालीन राहत सामग्री पठाउन लागेको जानकारी गराएँ,’ उनले लेखेका छन्।
