गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ मावि बोगटीटारकामा पठनपाठन सुरु भएको छ।
विद्यालय खुलेर पठनपाठन सुरु भएको सूचना पाएपछि बालबालिकाहरु धमाधम विद्यालय फर्किन थालेका छन्। बाढीपछि विभिन्न ठाउँमा छरिएका ३३ जना विद्यार्थीहरु विद्यालयका शिक्षक कृष्णप्रसाद अधिकारीको नेतृत्वमा विद्यालयमा फर्किएका छन्। अहिले उनीहरु विद्यालयकै होस्टलमा बसिरहेको नीलकण्ठ माविका प्रधानाध्यापक माधबप्रसाद लामिछानेले बताए। अन्य विद्यार्थीहरु पनि बिस्तारै सम्पर्कमा आइरहेको विद्यालयले जनाएको छ।
बाढीपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हेलिकोप्टरबाट उद्धार अभिभावकसँग पठाइएको थियो। धेरै बालबालिकाहरू अझै पनि बेपत्ता रहेका छन्।
You may also like
-
प्रधानमन्त्री शाह र अस्ट्रेलियाका राजदूत अर्न्स्टबीच भेटवार्ता
-
एक महिनामा भित्रिए ८८ हजार २४८ पर्यटक
-
सरकारले ज्येष्ठ नागरिक अनुभव बैंक स्थापना गर्ने
-
देउवाले थापा पक्षको महाधिवेशन उदघाटन देउवाले गर्नुहुन्न : महत
-
जलवायु न्यायको एजेण्डाले विश्व मञ्चमा नेपालले गम्भीर ध्यानाकर्षण गराउन सफल भयो : परराष्ट्रमन्त्री
