नेपाली कांग्रेस देउवा पक्षका नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षको महाधिवेशनलाई सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।
सभापति गगन थापासहित नेताहरूले पार्टीको गतिरोध हटाउन देउवालाई महाधिवेशन उद्घाटन गर्न बोलाउने बताइरहँदा महतको यस्तो धारणा आएको हो ।
प्रयास जारी राख्ने बताएका थिए। कांग्रेस संस्थापन पक्षको महाधिवेशन १८ गते काठमाण्डुमा हुँदैछ ।
‘शेरबहादुर देउवा महाधिवेशन उद्घाटन गर्नु हुन्छ भनेर झूटको प्रचार गरिँदै छ। विशेष अधिवेशनबाट आएका पदाधिकारी साथीहरू यस्तो झूट कुरा भन्न हिचकिचाउनुहुन्न’ महतले भने ।
देउवाले १४ औँ अधिवेशनबाट निर्वाचित सभापति आफू भएकाले १५ औँ अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्छु भनेर स्पष्ट रूपमा भनिसकेको उनले बताए। उनले भोलि सुरु हुने वडा अधिवेशन नै कांग्रेसको आधिकारिक भएको दाबी गरे ।
सहमतिको लागि १५ औँ अधिवेशन निष्पक्ष हुने सुनिश्चितता खोज्दा सभापति गगन थापाले नमानेको आरोप महतको छ ।
‘हामीलाई अरू केही चाहिएन, अहिले जे भयो भयो। तर १५ औँ अधिवेशनबाट आउने नेतृत्व निष्पक्ष, पारदर्शी ढङ्गबाट सबैको सम्मानजनक सहभागिता हुनुपर्छ भन्ने कुरालाई उहाँहरूले कुनै गम्भीरताका साथ दिनुभएन। त्यसैले हामी अदालतमा पुनरावेदनको लागि गयौँ’, उनले भने ।
महतले भने, ग्हामी एउटा सत्यको पक्षमा उभिएका छौँ। सत्यको अवश्य पनि जित हुन्छ। अदालतले त्रुटिपूर्ण छ भनिसकेको छ। नेपालमा अझै पनि न्याय मरेको छैन भन्ने हाम्रो विश्वास छ। न्याय पाउँछौँ। त्यो न्याय पाइएन भने त न्याय नै मरिसकेछ भन्ने हुन्छ।’
