बाढी प्रभावित नीलकण्ठ माविमा पठाइ सुरु

गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ मावि बोगटीटारकामा पठनपाठन सुरु भएको छ।
विद्यालय खुलेर पठनपाठन सुरु भएको सूचना पाएपछि बालबालिकाहरु धमाधम विद्यालय फर्किन थालेका छन्। बाढीपछि विभिन्न ठाउँमा छरिएका ३३ जना विद्यार्थीहरु विद्यालयका शिक्षक कृष्णप्रसाद अधिकारीको नेतृत्वमा विद्यालयमा फर्किएका छन्। अहिले उनीहरु विद्यालयकै होस्टलमा बसिरहेको नीलकण्ठ माविका प्रधानाध्यापक माधबप्रसाद लामिछानेले बताए। अन्य विद्यार्थीहरु पनि बिस्तारै सम्पर्कमा आइरहेको विद्यालयले जनाएको छ।
बाढीपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हेलिकोप्टरबाट उद्धार अभिभावकसँग पठाइएको थियो। धेरै बालबालिकाहरू अझै पनि बेपत्ता रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *