चेपाङ विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री प्रदान

साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकको हेटौंडा शाखाको पहलमा विद्यार्थीहरूलाई जाडो मौसममा प्रयोग गर्न मिल्ने ट्र्याकसुटका साथै कापी र कलम वितरण गरिएको हो। जाडो मौसममा विद्यार्थीलाई चिसोबाट जोगाउन र उनीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ।
हेटौंडा शाखाका शाखा प्रबन्धक बिनेश कार्कीको पहलमा भएको कार्यक्रममा बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौंडा शाखाका कर्मचारी तथा विद्यालय परिवार उपस्थित थिए।
बैंककी मार्केटिङ प्रमुख अर्पणा बज्राचार्यबाट प्राप्त सहयोग उक्त कार्यक्रम मार्फत बिद्यार्थीहरु प्रदान गरिएको हो।
चेपाङ समुदायका बालबालिकाको शैक्षिक तथा दैनिक जीवनमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस सहयोगले विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै पठनपाठनप्रति थप प्रेरणा मिल्ने विश्वास लिइएको बैंकका हेटौंडा शाखा प्रबन्धक कार्किले बताए।
बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको साग्रिला डेभलपमेन्ट बैंकले शिक्षा, सामाजिक विकास तथा समुदायको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *