भारतीय र्‍याट माइनर्स टोली नेपाल आउन इच्छुक

काठमाडौँ सुरुङभित्र उद्धारका लागि चर्चित एउटा भारतीय टोलीले नेपालमा उद्धारका लागि आउने इच्छा प्रकट गरेको छ । र्‍याट माइनर्स सो टोलीले नेपालमा बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि परिचालन हुन चाहेको आशयसहित काठमाडौँस्थित भारतीय दूतावासलाई सहजीकरणका लागि पत्र पठाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अनुमति प्राप्त हुनासाथ सो टोली आफूलाई आवश्यक पर्ने उपकरण र जनशक्तिसहित नेपाल आउन तयारी अवस्थामा छ ।‘ र्‍याट माइनर्स’कै टोलीले सन् २०२३ मा सिल्क्यारा सुरुङमा फसेका ४१ जना मजदुरको ‘रेस्क्यू अप्रेसन’मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै र्‍याट माइनर्स टिमका एक सदस्य आनन्द कंसलले नेपालस्थित भारतीय राजदूतलाई पत्र लेखेर नेपालमा उद्धार कार्यमा परिचालन हुन चाहेको भन्दै सहजीकरणका लागि आग्रह गरिएको जानकारी दिए ।
नेपालमा आएको बाढीको फोटो र भिडियो हेरेर आफूहरू निकै भावुक भएको भन्दै उनले यस्तो अवस्थामा आफूहरूसँग रहेको विज्ञता काम लाग्न सक्ने देखेर नै उद्धार अनुमतिका लागि प्रस्ताव गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *