भारत भ्रमणमा प्रधानमन्त्री शाहको टोली ३४ सदस्यीय रहने

प्रधानमन्त्री वालेन्द्र शाह ३४ सदस्यीय टोलीसहित दुई दिने भारत भ्रमणमा जाने भएका छन्।
प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः३० बजे भारत प्रस्थान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने कार्यक्रम तय भएको छ ।
यसअघि चारजना मन्त्री लाने बताइएको थियो । तर समग्र टोलीको संख्या घट्दा मन्त्री पनि कटौतीमा परेका हुन्।
उनी ३४ सदस्यीय टोलीसहित मंसिर ६ मा भारत गएर मंसिर ७ गते नै नेपाल फर्कने भएका छन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री शाह ७ गते अपराह्न ४ बजेपछिको नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने जानकारी दिएका हुन्।
राईका अनुसार प्रधानमन्त्रीसहित ३४ सदस्यीय सरकारी टोली सोही दिन नेपाल फर्कनेछ।
भ्रमणका क्रममा उनी दिल्लीबाहिर जाने कार्यक्रम नरहेको पनि सचिव राईले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *