बाढी प्रभावितका लागि फ्रान्सबाट आयो राहत सामग्री

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि फ्रान्सले मानवीय सहायता सामग्री उपलब्ध गराएको छ ।
विनाशकारी बाढीपछि तत्काल राहत र पुनरुत्थान कार्यलाई मजबुत बनाउन नेपालस्थित फ्रान्सको दूतावासले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई मङ्गलबार राहत सामग्री उपलब्ध गराएको फ्रान्सेली दूतावासले जनाएको छ ।
फ्रान्सले म्याट, सरसफाइ किट, भान्साका सामान, पानी शुद्धीकरण गर्ने ट्याब्लेट, सोलार बत्ती र औषधि किट उपलब्ध गराएको दूतावासले जानकारी गराएको छ । सरकारले युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत गरेको अनुरोधका आधारमा यी सामग्रीहरू उपलब्ध गराइएको दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
यी सामग्रीहरू नेपालका लागि फ्रान्सका राजदूत फ्रान्स्वाज पुइग–इन्जाले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन् । राजदुत पुइग–इन्जाले यो दुखद् घडीमा फ्रान्स नेपाल सरकार र नेपाली जनताको साथमा रहेको उल्लेख गरे । यो आपत्कालिन सहयोगका साथै भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *