भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका लागि चीनले पठाएको आकस्मिक राहत सामग्रीको पाँचौँ खेप काठमाण्डु आइपुगेको छ।
राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेना ९पीएलए० को वाई–२० ‘ए’ कार्गो विमान शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
विमानमार्फत ल्याइएको राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विमानस्थलमै विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
चीनबाट प्राप्त सामग्रीमा डिजेल जेनेरेटर, मेडिकल प्रोटेक्टिभ मास्क, शव सुरक्षित राख्न प्रयोग हुने मर्चरी फ्रिजर, डीएनए परीक्षणका उपकरण तथा रिएजेन्ट र जल उद्धारका सामग्री रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्री पठाइएको चिनियाँ पक्षले जनाएको छ।
मन्त्री पुनले प्राप्त राहत सामग्रीले आगामी दिनमा पनि खोज, उद्धार तथा राहतका कामलाई निरन्तरता दिन महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।
You may also like
-
भोटेकोशी बाढीबाट क्षतिग्रस्त शिक्षा क्षेत्रको पुनर्निर्माणका लागि २ अर्ब ३४ करोड लाग्ने
-
नेपालले राष्ट्रसंघमा जलवायु संकटको असरबारे जानकारी गराउने
-
सिंगापुरका नेपालीले बाढीपीडितका लागि गरे १७ लाख बढी सहयोग
-
बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब लाग्ने अनुमान
-
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ डिक्स भँछन् यो सामान्य उद्धार अभियान होइन
