एसियन गेम्समा पदक ल्याउने खेलाडी पुरस्कृत

२० औं एसियन गेम्सका पदक विजेता खेलाडीहरुले सरकारबाट पाउने पुरस्कार रकम प्राप्त गरेका छन्।
जापानको आइची नागोयामा भएको २० औं एसियन गेम्समा कास्य पदक विजेता करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले आज सरकारबाट पाउने पुरस्कार रकम खातामा प्राप्त गरेका हुन्।
कराते खेलाडी तेन्जिङ शेर्पाले कास्य पदक जितेवापत ३ लाख ९० हजार, प्रशिक्षक कुशल श्रेष्ठले १ लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार पाएका हुन्।
त्यस्तै, महिला कबड्डी टिमका खेलाडीहरुले १ लाख ९५ हजार प्रशिक्षक पार्वती राईले १ लाख ३० हजा, सहायक प्रशिक्षक लोक बहादुर विष्टले ६५ हजार र व्यवस्थापक शरद दर्शनधारीले ६५ हजार प्राप्त गरेका हुन्। यी खेलाडीलाई पुरस्कार दिने निर्णय मन्त्री परिषद्ले गरेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले असोज २१ गते निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *