अष्ट्रेलियाद्वारा ५० लाख डलर सहायता घोषणा

बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको मानवीय सहायता घोषणा गरेको छ।
अष्ट्रेलियाली सरकारले तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराउने जनाएको हो। बाढीमा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट प्राप्त भएको अष्ट्रेलियाले जनाएको छ।
प्रभावित नागरिकको खोजी तथा सहयोगका लागि अष्ट्रेलियाली दूतावास र संकट प्रतिकार्य टोली परिचालन गरिएको छ।
अष्ट्रेलियाले आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको टोली नेपाल पठाउने जनाएको छ। घोषित सहायता खाद्यान्न, आपत्कालीन आश्रय, स्वच्छ खानेपानी, सरसफाइ तथा स्वास्थ्य सेवामा खर्च गरिनेछ।
सहायतामध्ये २० लाख डलर विश्व खाद्य कार्यक्रम र २० लाख डलर अष्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिपमार्फत परिचालन गरिनेछ।
बाँकी १० लाख डलर स्थानीय नेतृत्वमा हुने पुनःस्थापना तथा पुनर्निर्माणका काममा खर्च गरिने अष्ट्रेलियाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *