आज घरेलु बजारमा सुनको मूल्य घट्यो

नेपाल बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार, सुन प्रतितोला (११.६६ ग्राम) रु ४०० घटेर रु २९८,५०० मा कारोबार भइरहेको छ। आईतबार सुन प्रतितोला रु २९८,९०० मा कारोबार भएको थियो। त्यसैबीच, चाँदीको मूल्य बढेको छ। चाँदी आज प्रतितोला रु ४० बढेर रु ५,३४० मा कारोबार भइरहेको छ, जुन आईतबारको रु ५,३०० भन्दा उच्च हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *