मधेश प्रदेशका मुख्यमन्त्री यादवले लिए शपथ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार प्रदेश प्रमुख डा।सुरेन्द्रलाभ कर्णले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री यादवले मैथिली भाषामा पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख कर्णले शनिबार जनता समाजवादी पार्टी ९जसपा० नेपालका मधेस प्रदेश संसदीय दलका नेता यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि आह्वान गरिएकोमा कसैको दावी नपुगेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यादवको मुख्यमन्त्रीका रुपमा यो दोस्रो कार्यकाल हो । यसअघि उनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए । प्रदेश सभाको पहिलो कार्यकालमा उनी सभामुख रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *