एनआरएनएले ‘एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन’ आयोजना गर्ने

काठमाडौँ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी २ देखि ७ जनवरीसम्म काठमाडौं र धुलिखेलमा ‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन २०२७’ आयोजना गर्ने भएको छ ।
आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् ९आईसीसी० का अध्यक्ष डा। हेमराज शर्माले विदेशमा जन्मिएका, हुर्किएका र शिक्षा हासिल गरेका दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक तथा संस्थागत विकाससँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।
‘कनेक्ट, एक्सप्लोर, सेप’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनले शिक्षा, व्यापार, प्रविधि र अनुसन्धानलगायतका विविध क्षेत्रमा स्थापित युवापुस्ताको ज्ञान, सीप, पुँजी र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकासमा परिचालन गर्ने लक्ष्य राखेको छ ।
‘दोस्रो पुस्तामा नेपाली भाषा, संस्कृति, पहिचान र अपनत्वको भावना प्रवर्द्धन गर्दै एनआरएनए अभियानमा उनीहरूको अर्थपूर्ण सहभागितालाई प्रोत्साहन गर्नु सम्मेलनको प्राथमिकता रहनेछ,’ अध्यक्ष डा। शर्माले भने ।
सम्मेलनकी संयोजक एवं एनआरएनए आईसीसीकी उपमहासचिव अनुजा प्रधानले विश्वभर छरिएर रहेका दोस्रो पुस्ताका नेपाली युवाहरूबीच सञ्जाल विस्तार गर्न, अनुभव साटासाट गर्न र मातृभूमिप्रतिको भावनात्मक तथा व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउन एक साझा मञ्च प्रदान गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको बताइन् ।
३ जनवरीमा आयोजना हुने मुख्य सम्मेलनमा विज्ञ, युवा नेतृत्व र व्यावसायिक व्यक्तित्वहरूको सहभागितामा पाँचवटा मुख्य विषयगत सत्रहरू सञ्चालन हुने जनाइएको छ । जसमा संस्कृति र पहिचान ः नेपाली भाषा, सम्पदा र पुस्तान्तरणमा केन्द्रित सत्र, सीप र ज्ञान हस्तान्तरण ः प्रवासी युवाहरूको ज्ञान र अनुभवलाई नेपालको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र परोपकारी क्षेत्रमा जोड्ने उपायबारे छलफल, नीतिगत तथा कानुनी संरचना ः गैरआवासीय नेपाली नागरिकता, व्यावसायिक अनुमतिपत्र , नेपालमा व्यवसाय सञ्चालनका चुनौती र संस्थागत सहभागिताका विषयमा समीक्षा, उद्यमशीलता र लगानी स् सीमापार व्यावसायिक सहकार्य, लगानी र व्यवसाय विस्तारका अवसरहरूको खोजी र युवा नेतृत्व र संस्थागत सुधार ः दोस्रो पुस्ताको विश्वव्यापी सञ्जाल सुदृढीकरण तथा युवाहरूको अपेक्षाअनुरूप एनआरएनएभित्र आवश्यक नीतिगत एवं विधानगत सुधारबारे विमर्श रहेका छन् ।
मुख्य सम्मेलनसँगै नेपाल पर्यटन बोर्डसँगको सम्भावित रणनीतिक सहकार्यमा सहभागीहरूलाई नेपालको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र संस्थागत पहिचानको प्रत्यक्ष अनुभव गराउन छ दिने ‘डिस्कभर नेपाल’ कार्यक्रमसमेत तय गरिएको छ ।
यसअन्तर्गत २ जनवरीमा काठमाडौंमा स्वागत तथा उद्घाटन समारोह र अन्तर्राष्ट्रिय सञ्जाल विस्तार (नेटवर्किङ), ३ जनवरीमा काठमाडौंमा मुख्य विश्व सम्मेलन र भावी सहकार्यका लागि कार्ययोजना निर्माणसत्र, ४ जनवरीमा काठमाडौं, ललितपुर र भक्तपुरका ऐतिहासिक सम्पदा, दरबार स्क्वायर र परम्परागत हस्तकला केन्द्रहरूको अवलोकन भ्रमण ५ जनवरीमा लोकतन्त्र, सुशासन र सार्वजनिक नीतिसँग सम्बन्धित संस्थागत भ्रमण तथा अन्तरक्रियात्मकसत्र, ६–७ जनवरीमा धुलिखेलमा दुईदिने ‘हिमालयन एस्केप’ कार्यक्रमअन्तर्गत योग, ध्यान, प्रकृति अवलोकन र दोस्रो पुस्ताको भावी दिशा तय गर्ने ‘एक्सन रोडम्याप’ निर्माण कार्यशाला र ७ जनवरीको साँझ काठमाडौंमा साङ्गीतिक कार्यक्रम तथा रात्रिभोजसँगै सम्मेलन समापन हुनेछ ।
जस्मिन सैयदले सञ्चालन गरेक भर्चुअल पत्रकार सम्मेलनमा समिरा केसी, करुणा रावत, इभान शर्मा, कृति महतो, विश्वजित बी। थापा, जागृत पौडेल, रोबर्ट विश्वकर्मा र गौरवराज केसीले सम्मेलनका विभिन्न सत्रहरूबारे प्रस्तुति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *