फुटवेयर इन्डिया एक्स्पोमा नेपालको जेम्स ब्रान्ड सहभागी हुने

काठमाडौँ भारतमा आयोजना हुने फुटवेयर इन्डिया एक्स्पो–२०२६मा नेपाली ब्रान्ड जेम्स पनि सहभागी हुने भएको छ।
अगस्ट २१ देखि २३ तारिखसम्म नयाँ दिल्लीको प्रगति मैदानमा हुने एक्स्पोमा जेम्स ब्रान्डको उत्पादक कम्पनी नेपाल जुत्ता फ्याक्ट्री प्रालिले स्टल राख्ने भएको हो।
लामो समयपछि उक्त एक्स्पोमा नेपालबाट सहभागिता हुनलागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विकास अर्यालले जानकारी दिए।
कम्पनीले विगत २५ वर्षदेखि विभिन्न प्रकारका जुत्ता उत्पादन गर्दै आएको छ। सीईओ अर्यालका अनुसार एक्स्पोमा भारतका करिब ४ सय जुत्ता उद्योग तथा व्यवसायको सहभागिता रहनेछ।
अन्तर्राष्ट्रियस्तरको उक्त प्रदर्शनीमा नेपाली कम्पनीको सहभागिताले नेपालको फुटवेयर उद्योग तथा उत्पादनलाई भारतीय बजारमा चिनाउने र नयाँ बजार विस्तारका लागि अवसर सिर्जना गर्ने उनले बताए।
नेपाली जुत्ताको गुणस्तर, उत्पादन क्षमता र ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने अवसरका रुपमा लिएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *